Sunday, September 27, 2015

गुगलले नेपालमा पहिलोपटक ‘आफ्नो भाषालाई माया गरौं’ अभियान सञ्चालन गर्दै

गुगलले नेपालमा पहिलोपटक ‘आफ्नो भाषालाई माया गरौं’ अभियान सञ्चालन गर्दै

गुगलले नेपालमा पहिलोपटक ‘आफ्नो भाषालाई माया गरौं’ अभियान सञ्चालन गर्दै
गुगलले नेपालमा पहिलोपटक ‘आफ्नो भाषालाई माया गरौं’ कार्यक्रम गत मंगलबार सेप्टेम्बर २२ देखि सेप्टेम्बर ३० सम्म गर्दैैछ । यो अभियान घर–घरमा, वेबमा र संसारभर नेपाली वक्ताहरुका लागि भाषाको कठिनाई कम गर्दै थप सहज बनाउने प्रयास हो ।
गुगलले अनलाइन नेपाली अनुवादको गुणस्तरमा सुधार गर्न नेपाली अनुवादकहरु, भाषा विशेषज्ञरु र भाष प्रेमीहरुलाई आमन्त्रण गरेको छ । गुगल एसिया प्यासेफिक, पब्लिक अफेयर र न्यु इमर्जिङ मार्केट्स कम्युनिकेशनकी एमी कुनरोज्पान्या भन्छिन्, ‘हामीलाई विश्वास छ, नेपाली प्रयोगकर्ताहरुको हातमा गुगलको उपकरणले यो देशको लागि, यहाँका मानिसका लागि र नेपाली भाषाका लागि नेपालीमा उपयोगी वेब बनाउन मद्धत गर्नेछ । हामी ‘आफ्नो भाषलाई माया गरौं’ अभियान सुरु गर्दैछौं, जसले गुगल अनुवादकको प्रविधि ‘नेपाली भाषा’ मन पराउने समुदायमाझ खुला गर्नेछ र सबै मिलेर हामीले नेपाली अनुवादनको गुणस्तर वद्धि गर्न सक्नेछौं । जसले नेपाली भाषा र संस्कृतिको उन्नति र संरक्षणमा मद्धत पुग्नेछ ।’love your language 1
गुगल अनुवादक ‘सामुदायिक औजार’ एक नि:शुल्क क्राउडसोर्सिङ अनुवाद औजार हो, जसले केही क्लिक र स्वाइपमा नै काम गर्दछ । त्यो पनि जुनसुकै उपकरणहरु जस्तै मोबाइल, ट्याब्लेट या ल्यापटपमा र तपाईंको केही मिनेटको योगदानले विश्वभर रहेका लाखौं नेपालीहरुलाई उत्तम अनुवाद प्राप्त गर्न सहयोग गर्नेछ । गुगलले नेपालीमा ह्यान्डराइट (हस्तलेखन) पनि सार्वजनिक गरेको छ जसले तपाईंले कागजमा लेख्नु भएजसरी नै सरल रुपमा तपाईको औंला या स्टाइलिस कलम प्रयोग गरेर, तर्पांको फोन र सजिलो लाग्दैन, या जेष्ठ नागरिकहरु जसको लागि टाइप गर्नु एक चुनौती हो, गुगल ह्यान्डराइट एक औजार बनेर आएको छ । जसले सबैको वेब र खुला विश्वमा पहुँच पुऱ्याउन सहयोग गर्छ ।love your language
गुगलको काठमाडौंमा सेप्टेम्बर २२ देखि सेप्टेम्बर ३० सम्म ल्याङवेज टेक्नोलोजी सेन्टरसँगको सहकार्यमा र अरु ४० भन्दा बढी स्थानीय शिक्षण संस्थाहरु, संघहरु र व्यावसायिक संगठनहरुको सहकार्यमा आफ्नो भाषालाई माया गरौं ट्रान्सलेटाथनको श्रंखला आयोजना गर्दैछ । यदि तपाईं यो कार्यक्रममा आउन सक्नु भएन भने पनि transate.google.com/community मा जानुहोस् र कार्यक्रममा रमाइलोका साथ भाग लिनुहोस् । फेरि एकपटक कुनरोज्पान्या भन्छिन्, ‘यदि तपार्इं इन्टरनेट चलाउन सक्नुहुन्छ भने कुनै पनि उपकरणबाट अनलाइन गएर नेपाली सामग्रीको सुधार गर्न सक्नुहुन्छ । तपाईंको केही क्षण र प्रतिक्रियाले लाखौंको मद्धत पुग्नेछ ।’
यसै अवसरमा गुगलले भाषाविद्हरू नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. जिवेन्द्रदेव गिरी, अनुसन्धानकर्ता भिमनारायण रेग्मी र ल्यांग्वेज टेक्नोलोजी सेन्टरका अध्यक्ष आनन्दराज खनालसँग नेपाली भाषालाई अनुवादमा समावेश गर्नेबारे छलफल गरेको थियो ।love your language 2