Tuesday, January 6, 2015

डिजीटल प्रविधि, प्रयोग, सुरक्षा र चुनौती


डिजीटल प्रविधि, प्रयोग, सुरक्षा र चुनौती
डिजिटल फरेन्सिक (Digital Forensics)  
हामी सबैलाई याद हुनुपर्छ कि पहिले हामी कम्प्युटर प्रविधि भन्थ्यौ, पछि सुचना प्रविधि र हाल आएर डिजिटल प्रविधी। यसलाई हामीले अलिकती बुझ्ने प्रयास गर्ने हो भने कम्प्युटर प्रविधिको समयकालमा मात्र एउटै कम्प्युटरको प्रयोगवाट लगभग सबैकामहरु गरिने गरिन्थ्यो। सुचनाहरु व डाटाहरु वा फाइलहरु एउटा फ्लपी, जिप ड्राइभमार्फत एक स्थानवाट अर्को स्थानमा पुर्याउने गरिन्थ्यो । यसैको विकास गर्दै परिमार्जित गर्दै पछि नेटवर्क (एक कम्प्युटर अर्को कम्प्युटरसंग सम्पर्क पार्ने विधि) प्रणाली आयो, जसले गर्दा झन झन यसले वढि भन्दा वढि सुविधा दिन थाल्यो।
डिजिटल प्रविधिको विकासक्रमलाई हेर्ने हो भने हामीले विशेषतः ३ वटा काल (समय) रहेको हामीले महशुस पार्न सक्छौ । ती तीनवटा समयावधी यस प्रकार छन्।
१) कम्प्युटर टेक्नोलोजी : प्रविधिको सुरुवाती अवस्थामा ०८६, २०८६ , ३०८६,  ४८६ पेन्टियम वान , टु , थ्रि बजारमा देखापरेका थिए । त्यस समयमा बढी मात्रामा सेक्रेटेरियल जब, डिजाइनिङ, मल्टिमिडिया जस्ता कार्यहरु हुन्थे अथवा भनौ यस्ता कुरामा केन्द्रित थिए । यसै समयकालमा जिप ड्राइभ, फ्लोपी ड्राइभ जस्ता उपकरणहरु डाटा भण्डार तथा ओसारपसार गर्न प्रयोग गरिन्थे । यस समयकालमा डेस्कटप कम्प्युटरको प्रदर्शनलाई लिएर बजारमा एक किसिमको होडवाजी नै थियो ।
२) आइटी :– कम्प्युटर प्रविधिको विकास क्रमसंगै कम्प्युटर नेटवर्क इन्टरनेटको पनि प्रयोग ज्यादै नै बढ्न थालेको अवस्था हो । त्यस ताका प्रयोगमा आएका डाटा÷इन्फो भण्डार गर्ने वा ट्रान्सफर पार्न यस्तै नेटवर्क टेक्नोलोजी प्रयोग गर्न थालियो । हामीले यहा बुझ्नुपर्ने कुरा के हो भने आइटी भन्नेवित्तिकै हाम्रो मस्तिष्कमा खाली कम्प्युटरको मात्र चित्र आउदछ तर यो यतिमा नै सिमित छैन । आइाटी अन्र्तगत फोन फ्याक्स लगायत अरु सुचना आदानप्रदान पार्ने सामग्रीहरुपनि यसै अन्तर्गत पर्दछ । तर स्वाभाविक कुरा के हो भने आइटी ले १० प्रतिशत भन्दा बढी भाग कम्प्युटर तथा कम्प्युटर नेटवर्कले ओगटेको छ । अत केहि हदसम्म आइटी भन्ने वित्तिकै हाम्रो मस्तिष्कमा कम्प्युटर चित्र आउनु स्वाभविक हुन आउ“छ । यसै प्रविधीका कारण आज हामी र हाम्रो विश्व साघुरो घेरामा परिणत भइसकेको हामीले महशुस गरिसकेको छौ । आज सहज र सस्तो मूल्यमा प्राप्त पार्न सकेका छौ र अझ हाम्रो जस्तो राष्ट्रको लागि त यो बरदान नै हो भन्दा दुइ मत नहोला ।
३) डिजिटल टेक्नोलोजी :– प्रविधीको विकासक्रममा विभिन्न सुविधालाई समायोजन गर्दै जाने क्रममा हरेक सामग्रीहरु कम्प्युटर डिजिटल प्रविधीसंग आवद्ध भएपछि त्यसै अनुरुप नामाकरण भएका छन्। आज हाम्रो कम्प्युटर वाट फोटो खिच्न , टिभी हेर्न , फिल्म हेर्ने , रेडियो सुन्न लगायतका हरेक काम सम्भव भएको छ । प्राय सबै जसो सामग्री डिजिटलाइज्ड भएर कम्प्युटरमा समाहित भइसकेको छ। यसले गर्दा तपाई हामीलाई निकै नै सहज पनि तुल्याएको छ।
यी माथिका तीन चरणहरुले स्पष्टता दिएको छ। डिजिटल टेक्नोलोजी अन्तर्गत सबैजसो कुराहरु समेटिएको छ। यसै अन्तर्गत हुने विभिन्न घटना तथा अपराधहरुलाई गरिने अध्ययनलाई डिजिटल फरेन्सिक्स भनिन्छ। अथवा भनौ डिजिटल्ली गरिने इएसआइको गहिरो अध्ययनलाई हामी डिजिटल फरेन्सिक भन्न सकिन्छ । र हाल अहिले देखापरेका विभिन्न उपहरणहरुको व्यापकताका अनुसार डिजिटल फरेन्सिकलाई हामीले तीन वटा भागमा बाड्न सकिन्छ :–
१) कम्प्युटर फरेन्सिक्स (Forensics)
२) मोबाइल फरेन्सिक्स (Forensics)
३) नेटवर्क फरेन्सिक्स (Forensics)
कम्प्युटर फरेन्सिक्स :– यदि कुनै अपराधिक घटना घटेको छ र घटनास्थलमा कम्प्युटर बरामद भएको खण्डमा ती कम्प्युटरवाट सम्भावित अपराधिको पहिचान गर्न सकिन्छ अर्थात घटनाको यर्थातता अर्थात घटनामा संलग्न व्यक्तिहरुको बारेमा वुझन धेरै हदसम्म सहयोगी हुनसक्छ । आजकल प्रायजसो सबै मध्यम वर्गिय परिवार देखि उच्च वर्गिय परिवारमा आफ्नो हैसियत अनुसार सामान्य न्यून ऋयलाष्नगचबतष्यल का कम्प्युटर देखि लिएर हाइ Configuration का Desktop, Laptop, Palmtop TouchPad Ipad डेस्कटप, ल्यापटप , आइप्याड, टच प्याड आदिहरुको प्रयोग अत्याधिक मात्रामा रहेका छन् । अत यस्ता किसिमका कम्प्युटरहरु घटनास्थलमा पाय जसो देखिन सम्भावना ज्यादै वढि हुन्छ तथा देखा परेमा त्यसको आवश्यकिय अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाउन सकिन्छ।
मोबाईल फरेन्सिक्स : आज हामी सबै यसै Mobile का कारण तत्काल सुचना आदान पदान गर्नसम्भव भएको हो । यसको पयोग तुलनात्मक रुपमा computer भन्दा सस्तो र सहज भएको हुनाले यसले व्यापकता पाएको हो । सहज यस अर्थमा कि यो बोकेर कुनै पनि स्थानमा जान सकिन्छ र आफना सुचना, सन्देश दिन सकिन्छ र यो computer भन्दा सस्तो त छ नै । आजको यो आर्थिक जगतमा यसको पयोग अति आवश्यक हामीले महशुस गरिसकेका छौं र यो अति निम्न वग देखि उच्च वर्गका व्यक्तिहरुले आफना हैसियत अनुसार पयोग गरेका छन । हाल आएर पछिल्लो पुस्ताको मोवाइलहरु मा इन्टरनेट जस्ता कुराको पनि सुविधाहरु सम्भव भएको हुदा सवैको आकर्षणको केन्द भएको छ ।
हामीले यसको जति नै सकारात्मक कुरा गरे पनि नकरात्मक सोच भएको मानिसबाट यसको दुरुपयोग पनि भईरहेको हामीले पाउछौ। अतः हामी कुनै पनि घटनाको सम्भावित दाषीको बारेमा उपलब्ध मोवाइल तथा उसले पयोग गरेको मोवाइल नम्बरको अध्ययनबाट घटनाको सत्यतथ्य पत्ता लगाउन सकिन्छ।
नेटवर्क फरेन्सिन्स (Network Forensics): Network forensics भन्नाले तपाई हामीले सुनेको वा वढि चलन चल्तीमा आएको Cyber शब्द नै हो । आज विश्व एउटा साना गाउ भएको छ किन भने तपाई हामी मध्येका कोहि छोरा, छोरी, दाजु भाई दिदी वहिनी बुबा आमा आदी विदेशीएका छन। तर पविधिको पयोगले गर्दा हामी यहि कतै नजिकै दुरीमा रहेको व्यक्तिसंग सम्पर्क गरे जस्तै सम्पर्क गर्न सकेको हुदा केहि हदसम्म भए पनि विदेशिएको महशुस गर्न दिएको छैन। यी सबै नेटवर्कको उपलब्धताको कारणले गर्दा नै हो। जसरी हामीलाई यसले सहजता तुल्याएको छ त्यसरी नै अपराधिक मानसिकता भएका व्यक्तिहरु संगठित भई आफना अपराधिक गतिविधि संचालन गर्न आफनो सञ्जाल फैलाउन यसको सुविधा पयोग गरि सफल भएका छन। विगतका केहि घटनाहरुलाई पनि अध्ययन गर्न सकिन्छ । यस किसिमको चुनौती व्यक्ति विशेषमा मात्र सिमित नभै राष्टियस्तरमा नै देखा परिसकेको छ। अतः यसतिर पनि सम्वन्धित निकायले ध्यान पुयाउन अति नै जरुरी देखिन्छ ।
आज हामो समाज र विश्वको नै कुरा गर्ने हो भने पविधिको पयोग व्यापक भएको छ । हर कोहि व्यक्ति पविधिसंग रामोसंग परिचित छन र त्यसको पयोग पनि गरिरहेका छन। हामो समाज र विश्वस्तरमा नै हेर्ने हो भने हामी मध्येका नै कोहि न कोहि जानाजान अथवा अन्जानबश अपराधिक गतिविधिमा संलग्न हुनेगरेको हामीले पाउन सकिन्छ। अतः समाजमा शान्ति कायम राख्न  विशेषतः माथि उल्लेख गरेका यी तीन computer Forensics, Mobile forensics, Network Forensics को वैज्ञानिक अध्ययन गर्ने हो भने  पाय कुनै पनि अपराध यसै अन्तगर्त भित्र पर्दछ र यसको समाधान पनि यसैबाट निकाल्न सकिन्छ ।
हाल अहिले हामो देशमा भएको विभिन्न अपराधिक गतिविधिलाई हेर्ने हो भने कुनै न कुनै डिजिटल उपकरण पयोग भएको तथा यसको अनुसन्धानमा पनि एकदमै कम मात्रामा पविधिलाई आत्मसात गरेको छ। CRD लाई लिएर गरिने अनुसन्धान यसैको एउटा उदाहरण हो । यद्यपि यो पर्याप्तता भने एकदमै छैन।
अतः Digital Forensics  जस्तो अत्यावश्यक विषयलाई सुरक्षासंग सम्वन्धित निकायले आत्मसात गरि आवश्यकिय कदम चाली हामो समाजमा देखिएका नकरात्मक कदमहरुको चुनौतीलाई सम्बोधन गर्न सक्नुपर्दछ, जसले गर्दा देशमा दिगो शान्ति विकास कायम गर्न धरैहदसम्म सहयोग पुग्न सक्दछ।