Sunday, June 9, 2013

यहाँबाट बनाऔं फोटो सुन्दर

फोटो, फोटोग्राफी प्रविधि र प्रक्रियाबाट तयार पार्ने सजिव चित्र मात्र होइन। फोटो आमदैनिकीको महत्वपूर्ण हिस्सा हो। कुनै पनि व्यक्तिको परिचयका लागि उसको फोटो नै आवश्यक पर्छ। त्यसो त डिजिटल प्रविधिको विकासले फोटोलाई सस्तो र सहजसँगै सबैको पहुँमा पुर्याएको छ। मोबाइल सेटमा नै उपलब्ध हुन थालेको क्यामेरा र फोटो खिच्ने प्रविधिले जिवन र दैनिकीका सबैजसो पल फोटोमा कैद हुन थालेका छन्। इन्टरनेटमा विकास भएको सामाजिक सञ्जालले त झन फोटोको महत्व र प्रयोजन नै बदलिदिएको छ। फेसबुकलाई फोटोमा मानिसको अनुहार हेर्ने र दैनिकीका गतिविधि सार्वजनिक गर्ने माध्यमको रुपमा लिन थालिएको छ। एक दिनमा मात्र फेसबुकमा दुईसय ५० मिलियन फोटो अपलोड हुन्छ। त्यसमा  साथीभाईले गर्ने लाइक र कमेन्टको संख्या र राख्ने महत्वको स्थान त बेग्लै छ। आफ्नो फोटोमा फेसबुकमा जोडिएका साथीभाईले धेरै कमेन्ट गरुन भन्ने आशा सबैमा हुन्छ। त्यसैले त नयाँ नयाँ लोकेसनमा फरक फरक पोजमा खिचिएका तस्विरहरु फेसबुकमा अपलोड गरिन्छन्। आउनुस् फेसबुक तथा सम्झनाका लागि खिचिएका फोटोलाई यहाँबाट सुन्दर बनाउन सकिन्छ।
फोटोफुनिया photofunia.com
यदी तपाइँको फोटोको ब्याकग्राउण्ड राम्रो देखिएको छैन। वा त्यसलाई हटाएर विभिन्न एनिमेटेड ब्याकग्राउण्ड राख्न चाहनुहुन्छ भने यो वेबसाइट तपाइँका लागि हो। यसमा गएर आफ्नो फोटोलाई थप आकर्षक बनाउन सक्नुहुन्छ। यसमा तपाइँका लागि विभिन्न फोटो इफेक्ट राखिएका छन् जसमध्ये एकलाई छानेर आफ्नो फोटो अपलोड गरि त्यसमा इफेक्टको प्रयोग गर्नसक्नुहुन्छ।
माइहेरिटेज myheritage.com
फोटोमा तपाइँ प्रसिद्ध सेलिब्रेटी जस्तो देखिन चाहनुहुन्छ भने यो वेबसाइट उपयुक्त हुन्छ। जहाँ तपाइँको फोटोलाई सेलिब्रेटी लुक्स दिनका लागि विभिन्न टेम्प्लेट राखिएका छन्। यो वेबसाइटमा तपाइँ फोटोलाई सेलिब्रेटी कोलाज, सेलिब्रेटी मोर्फ, लुकलाइक अ मिटर साथै फोटो ट्याग गर्न पनि सक्नु हुन्छ। साथै विभिन्न सेलिब्रेटीका रुपमा आफ्नो फोटोलाई इफेक्ट दिन सकिन्छ।
राइटअनइट writeonit.org
यो वेबसाइटमा तपाइँ आफ्नो फोटोमा क्याम्सनको रुपमा शब्दहरु लेख्न सक्नुहुन्छ। त्यसो त आफ्नो फोटो प्रयोग गरेर विभिन्न शब्द संयोजनका साथ अनलाइन कार्ड बनाउन सक्नुहुन्छ। फोटो अपलोड गरेर त्यसलाई रचनात्मक मोन्टाजको रुप दिन सक्नुहुन्छ। आफूलाई कुनै प्रसिद्ध म्यागाजिनको कभरपेजमा छापिएको बनाउन सक्नुहुन्छ। यो पेजको अर्को रमाइलो विशेषता भनेको आफ्नो अनुहारलाई विभिन्न प्रसिद्ध सेलिब्रेटी तथा रमाइला आकर्षक तस्विरमा जोड्न सक्नुहुन्छ।
हेयरमिक्सर hairmixer.com
तपाइँ आफ्नो टाउकोमा विभिन्न खालका कपालको शैलीलाई उतार्न चाहनुहुन्छ भने यो वेबसाइट सहयोगी बन्छ। त्यसो त आफूलाई कस्तो हेयर स्टाइल सुहाउँछ भनेर विचार गर्नका लागि यो निक्कै उपयोगी वेबसाइट हो। जसले तीन चरणमा नै तपाइँको टाउकोको कपाललाई परिवर्तन गरिदिन्छ। यसमा तपाइँले कुनै पनि सेलिब्रेटीको फोटो अपलोड गरेर उनको कपालको शैली आफ्नो फोटोमा राख्न सक्नुहुन्छ।